Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धान रोप्ने क्रममा करेन्ट लागेर जुम्लामा किशोरीको मृत्यु, चार जना घाइते

जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिका–८ सुमलगाउँमा खेतमा धान रोप्ने क्रममा उनको मृत्यु भएको हो ।

सोमबार बेलुका विद्युतको तार हावाहुरीका कारण खेतमा परेकाले करेन्ट लागेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । करेन्ट लागेर अन्य चारजना भने सामान्य घाइते भएका छन् ।

घाइतेहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा सोही गाउँका शान्ति दमाइ, राजु दमाइ, मन दमाइ, र विरु दमाइ हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077