Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आईसीसी विश्वकपको उद्घाटन खेलमा इंग्ल्यान्ड र न्युजिल्यान्ड भिड्ने

एजेन्सी । अन्तर्राष्ट्रिय खेलकुद परिष्द (आइसिसी) ले विश्वकप २०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिता ५ अक्टोबर देखी १९ नोभेम्बरसम्म भारतका १० स्थानमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा लिगमा एक अर्काले खेलेपछि शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

उद्घाटन खेलमा सन् २०१९ का साविक विजेता इंग्ल्यान्ड र उपविजेता न्युजिल्यान्ड भिड्नेछन्।

भारतको अहमाबादस्थित नरेन्द्र मोदी स्टेडियममा इंग्ल्यान्डले न्युजिल्यान्डसँग ५ अक्टोबरमा खेल्दा २०१९ को फाइनलको पुनरावृत्ति हुनेछ।

प्रतियोगितामा सहभागी १० टोलीले राउन्ड रोबिन नौ खेल खेल्छन् । जसमा शीर्ष चार नकआउट चरणका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077