Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

अर्थमन्त्रीको राजीनामा माग्दै गण्डकी संसदमा एमाले र राप्रपाको अवरोध

पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले र राप्रपाले मंगलबारको प्रदेशसभा बैठक अवरोध गरेका छन् । रातो किताब अघि नै बजेट सार्वजनिक भएको भन्दै उनीहरुले बैठक अवरोध गरेका हुन् ।

संसदमा वार्षिक विकास कार्यक्रम आउनुअघि सामाजिक सञ्जालमा सत्तारुढ दलका नेता कार्यकर्ताले कार्यक्रम सार्वजनिक गरेको आरोप एमालेको छ ।

प्रदेशले पठाउने समपुरक र विशेष योजना प्रदेशले आफुखुसी छानेकोप्रति उनीहरुको आपत्ति छ ।

वार्षिक बिकास पुस्तकमा योजनाको अक्षर सानो भएको भन्दै पुनः मन्त्रालयगत पुस्तक प्रकाशनको लागि एमालेले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077