Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

असार १५ गते कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा

सुर्खेत । कर्णाली प्रदेशमा असार १५ गते सार्वजनिक बिदा हुने भएको छ ।

प्रदेश सरकारले १५ असारमा धान दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेशमा बिदा भनिएपनि जुम्लामा भने विदा नहुने भएको छ ।

राष्ट्रिय धान दिवसको अवसरमा असार १५ मा प्रदेशका जुम्लाबाहेक सबै जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

जुम्लामा चैत महिनामै धान रोपाइँ हुँदै आएकाले प्रदेश सरकारले जुम्लाबाहेक नाै जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको हाे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077