Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

    सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 648
    SHARES

    काठमाडौं । सरकारले देशका विभिन्न स्थानमा सातवटा नयाँ औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कालिकोटसहित विभिन्न ठाँउमा सातवटा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।



    सरकारका प्रवक्ता रेखा शर्माका अनुसार रास्कोट नगरपालिका ६ कालिकोट, नरहरिनाथ गाउँपालिका २ कालिकोट, राप्तीसोनारी गाउँपालिका ४ बाँके, रम्भा गाउँपालिका ३ पाल्पा, शीतगंगा गाउँपालिका १३ अर्घाखाँची, जगरनाथपुर गाउँपालिका ५ पर्सा र महागढीमाई नगरपालिका–५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गरिएको छ ।



    यस्तै बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्यका रूपमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार