Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

जसपाले गठन गर्‍यो विधानको अन्तिम मस्यौदा तयार गर्न समिति

काठमाडौं । जनता समाजवादी पार्टीले विधानको अन्तिम मस्यौदा तयार गर्न ६ सदस्यीय समिति गठन गरेको छ ।

काठमाडौंमा तीन दिनसम्म चलेको विधान महाधिवेशनमा आएका सुझावहरूलाई समेटेर विधानको अन्तिम मस्यौदा तयार पार्न जसपाले समिति गठन गरेको हो ।

अन्तिम मस्यौदा तयार पार्न बनाइएको समितिलाई विधान मस्यौदा प्रमाणीकरण समिति नाम दिइएको छ ।

समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादव, नेताहरू राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, लालबाबु राउत, सुशीला श्रेष्ठ र दीपेद्र झा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077