Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

जसपामा यादव झनै शक्तिशाली

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले बनाएको नयाँ विधानमा पार्टीका कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव झनै शक्तिशाली बन्ने भएका छन्।

नयाँ विधान भने लागु भएको छैन। पार्टीका प्रवक्ता मनीष सुमनका अनुसार काठमाडौंमा तिन दिनसम्म चलेको अधिवेशनबाट प्राप्त सल्लाह र सुझावलाई आधार मानेर पार्टीले मस्यौदा परिमार्जन गरी नयाँ विधान प्रमाणीकरण गर्न ६ सदस्यीय समिति बनाएको छ।

उक्त समितिलाई मस्यौदा परिमार्जन गर्ने अधिकार मात्र छैन, विधान लागु गर्ने र प्रमाणीकरण गर्ने अधिकारसमेत दिइएको प्रवक्ता सुमनले बताए।

विधान मस्यौदामा कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव, रकम चेम्जोङ, राजेन्द्र श्रेष्ठ, सुशीला श्रेष्ठ, लालबाबु राउत तथा दीपेन्द्र झा रहेका छन्। यसअघि विधान अधिवेशनमा सहभागी भएका प्रतिनिधिलाई १० वटा समूहमा बाँडिएको थियो। प्रत्येक समूहबाट छुट्टाछुट्टै सल्लाह मागिएको थियो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077