Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ललिता निवास प्रकरणमा साना र मझौला माछा मात्र पक्राउ परे : रामहरी खतिवडा

    ललिता निवास प्रकरणमा साना र मझौला माछा मात्र पक्राउ परे : रामहरी खतिवडा

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पशुपतिनाथको जलहरी प्रकरणमा दुईवटा मुचुल्का देखिएको भन्दै सत्यतथ्य के हो भन्ने स्पष्ट हुनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद खतिवडाले यस्तो बताएका हुन् ।



    सांसद खतिवडाले भने,’जलहरी प्रकरणमा दुईवटा मुचुल्का तयार पारेको देखियो । सुरुमा ९६ केजी ८२२ ग्राम र परीक्षणमा १०७ किलो । १३ जनाको नाउँ लेखेको सूचना प्राप्त भयो स्वर्ण अक्षरमा । केही ड्राइभर, केही कार्यालय सहयोगी, केही पीएसओ, मन्त्री र प्रधानमन्त्रीका पीएहरू छुटेको समाचार आएको छ । क-कसको लेख्नुपर्ने हो सञ्चारमन्त्रीले हो कि पर्यटनमन्त्रीले लेख्ने व्यवस्था मिलाइयोस् । कसैको नाउँ नछुटोस् ।’



    त्यस्तै, ललिता निवासको जग्गा हिनामिना प्रकरणमा जोडिएका ठूला व्यक्तिहरूलाई पनि नछाड्न सरकारलाई आग्रह गरेका छन् । उक्त प्रकरणमा संलग्न साना व्यक्तिहरूलाई पक्राउ गर्ने र ठूलाहरूलाई छाड्ने काम गर्न नहुने उनको माग थियो ।

    सांसद खतिवडाले भने,’ललिता निवास प्रकरणमा साना माछाहरू ढोक्सामा पर्न लागेको सुनियो । ठूला चार आना, आठ आना, सोह्र आना, बत्तिस आनाका माछाहरू पनि ढोक्सामा पर्ने व्यवस्था सरकारले गरोस् । साना भुरालाई जालमा हाल्ने, ठूलालाई छाड्ने काम नगरोस् ।’

    बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल प्रहरीले मंगलबार डेढ वर्षपछि फेरि खोलेको थियो ।

    तत्कालीन सरकारको हस्तक्षेपका कारण २०७८ पुसदेखि रोकिएको अनुसन्धान फाइल खोल्दै प्रहरीले मंगलबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार