Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • जनप्रतिनिधिहरुले आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्नुपर्छ : सांसद खतिवडा

    जनप्रतिनिधिहरुले आफ्नो जिब्रोमा ब्रेक लगाएर बोल्नुपर्छ : सांसद खतिवडा

    अनलाइन नेपाल
  • सोमबार, १८ भाद्र २०८०
  • 762
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले निर्वाचित जनप्रतिनिधिहरुलाई जथाभावी नबोल्न आग्रह गरेका छन् ।

    सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।



    सांसद खतिवडाले भने, ‘सभामुख महोदय, हामी राजनीतिज्ञहरु निर्वाचित भइसकेपछि हाम्रो जिब्रोमा बे्रक नलागेर जे पायो, त्यही बोल्न गइराखेका हुन्छौं । कोही आगै ओकल्छौं, सिंहदरबार नै ध्वस्त पार्छौं भन्छौं । कोही जातीय राज्य चाहियो भन्छौं । कोही धर्ममाथि आँच आउने काम गर्छौं । निर्वाचित जनप्रतिनिधिहरुलाई आफ्नो जिब्रोमा ब्रेक लगाएर बोलिदिन आग्रह गर्दछु ।’



    सिंहदरबार नै ध्वस्त पार्ने कुरा, धार्मिक स्वतन्त्रतामाथि नै आँच आउने खालको अभिव्यक्तिहरु पछिल्लो समयमा आउने गरेको उल्लेख गर्दै त्यस्ता अभिव्यक्ति नदिन सांसदले खतिवडाको जनप्रतिनिधिहरुलाई सुझाव छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार