Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी प्रदेश सरकार र पुनः नामकरण संघर्ष समितिबीचको वार्ता स्थगित

विराटनगर । कोशी प्रदेश सरकार र नामकरणको विपक्षमा रहेका पक्षबीच बुधबार तय भएको वार्ता स्थगित भएको छ ।

आन्दोलनरत प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सरकारसँग वार्तामा नबस्ने बताएपछि वार्ता स्थगित भएको हो ।

एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो ।

फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन शुरू भएको थियो । आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको मृत्यु भएको थियो ।

प्रदेश सरकारले २४ जेठमा आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्री मेन्याङ्बोको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077