Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कानुनमन्त्री उपस्थित नहुने भएपछि न्याय परिषद्‌को बैठक स्थगित

काठमाडौं । आज बोलाइएको न्याय परिषद्को बैठक स्थगित भएको छ ।

उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि बुधबार बैठक बोलाएको थियो,तर परिषद् स्रोतका अनुसार बैठकमा सबैको उपस्थिति हुन नसक्ने जानकारी आएपछि स्थगित गरिएको परिषद् स्रोतले जनाएको छ ।

प्रतिनिधि सभामा बजेट पारित गराउने छलफल चलिरहेको भन्दै बैठकमा कानुन मन्त्री धनराज गुरुङले उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

परिषद्‌ले ४१ उच्च न्यायाधीशको सिफारिस गर्ने तयारी गरेको थियो। गत सोमबार बसेको परिषद्‌को बैठकले नियुक्तिका लागि सर्ट लिस्ट तयार गरेको थियो। न्यायपरिषदको अध्यक्ष प्रधानन्यायाधीश हुने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077