Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बजेटको पक्षमा मतदान गर्न जसपाले लगायो सांसदहरूलाई ह्वीप

काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारित गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ।

१५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको आगामी आर्थिक वर्षको बजेटमा असन्तुष्टि जनाउँदै आएको जसपाले बजेटका पक्षमा मतदान गर्ने निर्णय गरेपछि ह्वीप जारी गरेको हो ।

जसपा संसदीय दलका प्रमुख सचेतक प्रदीप यादवले बजेटमाथि संसदमा मतदान हुँदा पक्षमा मतदान गर्न आफ्ना पार्टीका सांसदहरूलाई ह्वीप लगाएका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा बजेटबारे प्रधानमन्त्री मातहतका मन्त्रालयको जवाफपछि आर्थिक बर्ष २०८०–०८१ का लागि विनियोजित बजेट परित गरियोस् भन्ने प्रस्ताव पेश हुदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077