Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिल्पा मास्केको 'परस्त्री' बिहीबारबाटै रिलिज हुने

काठमाडौं । नेपाली कथानक चलचित्र बिहीबार (भोलि) रिलिज हुने भएको छ । शुक्रबार रिलिज हुने भनिएको नेपाली कथानक चलचित्र ‘परस्त्री’ एक दिन अगाडि रिलिज हुने भएको छ ।

भोलिबाटै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड फिल्म ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुने भएपछि ‘परस्त्री’को टिमले पनि शुक्रबार नै रिलिज गर्ने निर्णय गरेको हो । नेपाल सरकारले भोलि बकर ईदको अवसरमा सार्वजनिक  बिदा समेत दिएको छ ।

फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथालाई देखाईएको छ । यद्यपि हिन्दी संस्करण नेपालमा भने प्रदर्शन नहुने भएको छ । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077