Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ठूलो परिमाणमा भन्सार छलीको चिनी र तेल बरामद

बाँके । प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको चिनी र सोयाबिनको तेल ठूलो परिमाणमा बरामद गरेको छ।

बाँके प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकलाई चेक गर्ने क्रममा १७ लाख ५२ हजार बराबरको भन्सार छली गरी भित्र्याउँदै गरेको चिनी, सोयाबिनको तेल र सुर्ती बरामद गरेको हो ।

असार ११ गते राति चेक गर्ने क्रममा अवैध रूपमा भारतबाट भन्सार नतिरी चोरी पैठारी गरी ल्याएको ६० बोरा चिनी, सोयाबिनको तेल ३०० पेटी र सुपर पावर सुर्ती ५० पोका बरामद भएको प्रहरीले जनाएको छ ।

आवश्यक कारबाहीको लागि चालकसहित ट्रकलाई नेपालगञ्ज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077