Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधानमन्त्रीमाथिको विश्वास ५३ प्रतिशतमा झर्‍यो : एमाले अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सरकारमाथिको विश्वास घटेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा मतदानमार्फत बजेट पारित भएलगत्तै अध्यक्ष ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले संसदमा प्रधानमन्त्रीमाथिको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट झरेर ५३ प्रतिशतमा पुगेको देखिएको बताए ।

ओलीले भने, ‘गठबन्धनसँग बहुमत थियो । बजेट पारित हुनु स्वाभाविक हो । हामीले आफ्नो मत देखायौँ । प्रधानमन्त्रीको विश्वास ९९ दशमलव ९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो भन्ने त्यहाँ देखियो । त्यसमा अरू केही भनिरहनु परेन ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077