Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले “राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गरेको उक्त प्रस्तावलाई बैठकको बहुमतले स्वीकृत गरेको हो ।

त्यसअघि विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा सांसद डा. स्वर्णिम वाग्ले, गोकर्ण विष्ट, प्रेम सुवाल, सुमना श्रेष्ठ, अशोककुमार चौधरी र अमृतलाल राजवंशीले बोलेका थिए ।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा महतले अहिलेसम्म सीमाभित्रै रहेर ऋण लिइएको र ऋणको बोझ घटाउन सरकारले प्रयत्न गरिरहेको बताए । प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077