Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ठूलो परिमाणमा लागुऔषधसहित भारतीय युवक पक्राउ

वीरगन्ज । वीरगन्जमा ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले भारतीय युवकलाई पक्राउ गरेको छ ।

भारत बिहारको रक्सौल घर भएका २० वर्षीय अनिल भन्ने अनिष सिंह इट्राभेट ट्याब्लेट १ हजार ४७० पिससहित पक्राउ परेका हुन् ।

बुधबार बिहान ९ बजेतिर वीरगन्ज भन्सार नजिकको रजतजयन्ति चोकस्थित सडकमा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका सिंहलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।

त्यसक्रममा उनले बोकेको झोलाभित्रबाट उक्त परिमाणमा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई हिरासतमा राखेर बुधबार नै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077