Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • ठूलो परिमाणमा लागुऔषधसहित भारतीय युवक पक्राउ

    ठूलो परिमाणमा लागुऔषधसहित भारतीय युवक पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १३ असार २०८०
  • 1K
    SHARES

    वीरगन्ज । वीरगन्जमा ठूलो परिमाणमा लागुऔषधसहित प्रहरीले भारतीय युवकलाई पक्राउ गरेको छ ।

    भारत बिहारको रक्सौल घर भएका २० वर्षीय अनिल भन्ने अनिष सिंह इट्राभेट ट्याब्लेट १ हजार ४७० पिससहित पक्राउ परेका हुन् ।



    बुधबार बिहान ९ बजेतिर वीरगन्ज भन्सार नजिकको रजतजयन्ति चोकस्थित सडकमा रक्सौलबाट पैदल वीरगन्ज आइरहेका सिंहलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो ।



    त्यसक्रममा उनले बोकेको झोलाभित्रबाट उक्त परिमाणमा लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

    उनलाई हिरासतमा राखेर बुधबार नै पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई प्रहरीले थप अनुसन्धान थालेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार