Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मदन भण्डारीको ७२औं जन्मजयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको जन्मजयन्तीको अवसर आज बिहीवार ७२औं जन्मजयन्ती मनाइँदैछ ।

नेकपा एमाले पार्टी र सम्बद्ध संघसंगठनले विभिन्न कार्यक्रम गरी जन्मजयन्ती मनाउन लागेका हुन् ।

जयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले राष्ट्रिय सभागृह काठमाडौंमा आयोजना गर्ने कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुने भएका छन् ।

कार्यक्रममा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण हुनेछ ।

विक्रम संवत् २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा जन्मिएका भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटनामा परी निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077