Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमा रुसी मिसाइल प्रहारबाट बालबालिकासहित कम्तिमा ११ जनाको मृत्यु

काठमाडौं । पूर्वी युक्रेनको दोनेत्स्क क्षेत्रमा पर्ने क्रामाटोस्र्क सहरमा रुसी क्षेप्यास्त्र हमलामा बालबालिकासहित कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

दोनेत्स्क क्षेत्रका सैन्य प्रशासन प्रमुख पाभ्लो किरिलेन्कोका अनुसार रुसले स्थानीय समयअनुसार मंगलबार साँझ साढे ७ बजे मिसाइल आक्रमण गरेको हो ।

उक्त आक्रमणमा ६० जना घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । युक्रेनी सहर ‘क्रामाटोर्स्क’ रुसले कब्जा गरेको भू–भागनजिकै पर्छ । दोस्रो मिसाइल आक्रमण शहरको बाहिरी भागमा रहेको एउटा गाउँमा भएको थियो ।

युक्रेनका आन्तरिक मामिलामन्त्री इहोर क्लाइमेन्कोले रुसले जानाजानी भिड भएका क्षेत्रहरूलाई लक्षित गरी आक्रमण गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077