Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुन्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा लागू गर्न सकिने शिक्षा आवश्यकता भएको बताएका छन् ।

बिहीबार मदन भण्डारी मेमोरियल कलेजको २२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले भने,‘हामीले हाम्रो शिक्षा व्यक्तिका लागि, समाज र देशका लागि जीवन उपयोगी हुने दिनुपर्छ। मौरीको संगतमा हिँड्यो भने फूलबारीमा पुगिन्छ। झिँगाको संगत गर्दा फोहोरको डंगुरमा पुगिन्छ।’

उनले देशलाई शान्त, सुखी र समृद्धि कसरी बनाउन सकिन्छ त्यसतर्फ लाग्नुपर्ने धारणा राखे। ओलीले नेपालमा विकासका सम्भावना भएको भन्दै ओलीले देशप्रति गर्व गर्नुपर्ने बताए।

उनले सफलता इमान्दारीताबाट मात्रै प्राप्त हुने बताए। उनले राम्रो काम गर्छु भन्ने संकल्प गर्नुपर्ने बताए।

ओलीले गुरुत्वाकर्षणको सिद्धान्त न्यूटनले नभएर भास्कराचार्यले पत्ता लगाएको दाबी गरे। ओलीले मदन भण्डारी मेमोरियल कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्न सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077