Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिल्पा मास्केको फिल्म ‘परस्त्री’ आजबाट प्रदर्शनमा, भारतमा भोलि मात्र रिलिज हुने

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि ‘परस्त्री’ विशेष कारणले बिहीबार नै रिलिज भएको हो ।

हिन्दी सिनेमा बिहीबार रिलिज हुने भएकाले ‘परस्त्री’ पनि आजै रिलिज भएको हो ।

फिल्ममा शिल्पा मास्के, गौरव विष्ट, कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी, अर्पित न्यौपाने लगायतको अभिनय छ ।

फिल्ममा विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक संकटको कथालाई देखाईएको छ । यद्यपि हिन्दी संस्करण नेपालमा भने प्रदर्शन नहुने भएको छ । दीपेन्द्र के खनालले लेखेको चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् ।

यसैबीच, ‘परस्त्री’ हिन्दी भाषामा भारतमा पनि रिलिज हुँदै छ । भारतमा भने भोलि रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077