Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नागरिकका समस्या सुन्न रास्वपाले तोक्यो ७७ जिल्लामा सम्पर्क सांसद

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सबै जिल्लाका लागि सम्पर्क सांसद तोकेको छ । ७७ वटै जिल्ला लागि सम्पर्क सांसद हुने गरी जिम्मेवारी दिइएको छ ।

नागरिकले आफ्ना समस्या तथा संसदमा उठाउनुपर्ने मुद्दाका विषयमा सम्बन्धित सांसदलाई सिधा सम्पर्क गर्न सक्नेछन् ।

कुन जिल्लाका लागि को सम्पर्क सांसद?

१. डोलप्रसाद अर्याल- बारा, धादिङ, कञ्चनपुर, कैलाली

२. विराजभक्त श्रेष्ठ- गुल्मी, दार्चुला, अछाम, पाल्पा

३. सन्तोष परियार- भक्तपुर, अर्घाखाँची, दैलेख, बाजुरा

४. निशा डाँगी- झापा, मोरङ, इलाम, सल्यान

५. मनिष झा – धनुषा, रौतहट, रुपन्देही, बझाङ

६. गणेश पराजुली - ओखलढुङ्गा, खोटाङ, सिराहा, डडेलधुरा

७. सोबिता गौतम - दोलखा, रामेछाप, सिन्धुपाल्चोक, जाजरकोट

८. सुमना श्रेष्ठ- रसुवा, काठमाडौं, रुकुम (पूर्व), रुकुम (पश्चिम)

९. डा. तोसिमा कार्की ताप्लेजुङ, पाँचथर, डोटी, ललितपुर

१०. शिशिर खनाल- रोल्पा, दाङ, सर्लाही, सप्तरी

११. हरि ढकाल – सोलुखुम्बु, चितवन, नवलपुर, उदयपुर

१२. डा.स्वर्णिम वाग्ले – गोरखा, पर्सा, बैतडी, तनहुँ

१३. डा.चन्दा कार्की- भोजपुर, सिन्धुली, मनाङ, महोत्तरी

१४. असिम शाह – काभ्रेपलाञ्चोक, नुवाकोट, मुस्ताङ, कपिलवस्तु,

१५. लक्ष्मी तिवारी - प्युठान, परासी, बर्दिया, बाँके,

१६. अशोक कुमार चौधरी- धनकुटा, तेह्रथुम, संखुवासभा, सुनसरी

१७. शिव नेपाली- लमजुङ, म्याग्दी, पर्वत, कास्की,

१८. बिनिता कठायत- जुम्ला, कालीकोट, मुगु, हुम्ला, सुर्खेत, डोल्पा

१९. विन्दबासिनी कांसकार- स्याङ्जा, बाग्लुङ, मकवानपुर

पार्टी सभापति लामिछानेलाई भने केन्द्रीयरुपमा सबै जिल्ला र पार्टीलाई नेतृत्व गर्नुपर्ने भएका कारण अन्य जिल्लाको जिम्मेवारी नदिइएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077