Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धरानमा डेंगुका कारण दुईजनाको मृत्यु

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ ।

धरान–१७ का संक्रमित दुई महिलामध्ये एकजनाको १२ दिनअघि र एकजनाको बुधबार (हिजो) मृत्यु भएको हो ।

सुनसरी र संखुवासभासहित पूर्वका जिल्लामा डेंगुको प्रकोप देखिन थालेको छ ।

दुई सातायता धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी प्रयोगशालामा गरिएको परीक्षणमा सय जनाभन्दा बढीमा डेंगु पोजेटिभ देखिएको छ ।

धरान उपमहानगरमा मात्रै २० मध्ये अधिकांश वडामा डेंगु फैलिएको र संक्रमितको संख्या ५०० भन्दा बढी पुगेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077