काठमाडौं । राप्रपा कोशी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको छ।
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन् ।
यसअघि नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् । तर प्रदेशसभा बैठक निर्धारित समयभन्दा डेढ घण्टा ढिला भइसकेको छ ।