Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सामाजिक रुपान्तरणको अभिभारा सुरु मात्र गरेका छौ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समाज रुपान्तरणको अभिभारा बल्ल सररुआती अवस्थामा मात्र रहेको बताएकी छन् ।

जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले समाज रुपान्तरणको अभिभारा पूरा गर्न लामो यात्रा तय गर्न बाँकी रहेको बताएकी हुन् ।

भण्डारीले भनिन्, ‘समाज रुपान्तरणको हाम्रो अभिभारा पूरा भइसकेको छैन । यसका लागि धेरै लामो यात्रा तय गर्न बाँकी नै छ । जनताको जीवनमा सम्पूर्ण रूपमा परिवर्तन ल्याउने, समृद्ध नेपाल, सुखी नेपालीको जुन परिकल्पना छ, त्यसको दायित्व पूरा भइसकेको छैन ।

राजनीतिक रूपमा केही संरचनागत परिवर्तनहरू भएपनि नेपाली क्रान्ति सम्पन्न भइ नसकेको उल्लेख गर्दै यसमा पर्याप्त सुधार, परिवर्तन तथा रुपान्तरणका सम्भावनाहरू बाँकी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077