Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कोशी प्रदेशसभा बैठक आधा घन्टाका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभा बैठक ३० मिनेटका लागि स्थगित भएको छ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको प्रस्तावमाथि छलफल सकिएपछि सभामुख बाबुराम गौतमले बैठक ३० मिनेटका लागि स्थगित गरेका हुन्।

प्रदेश सरकारमा रहेको माओवादी र जसपा सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्। प्रदेशको राजनीतिक स्थायित्व कायमलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ।

आजै पुन: बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुनेछ। उनलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसदको समर्थन चाहिन्छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077