Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया – निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन

    आक्रमणको प्रयास भएपछि योगेशको प्रतिक्रिया – निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । एमाले सचिव योगेश भट्टराईले आफूमाथि पहिचानवादीहरुले आक्रमण गर्ने प्रयास उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

    बिहीबार मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा जाने क्रममा इलामबजारमा पहिचानवादीले कालो झन्डा देखाएर अवरोध गरेपछि भट्टराईले यस्तो प्रतिक्रिया दिएका हुन् ।



    एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोसी प्रदेशको समस्या हल नहुने भन्दै आफूहरु संवादको लागि तयार रहेको उनको भनाइ छ ।



    उनले फेसबुकमा लेखेका छन्, ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामिलाई मान्य छैन । एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

    इलाममा आयोजित उक्त कार्यक्रममा सहभागी हुन पुगेका भट्टराईलाई इलाम बजारमा कालो झण्डा देखाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार