विराटनगर । मत विभाजनको प्रक्रिया सुरु गर्नुअघि आधा घण्टाका लागि स्थगित भएको कोशी प्रदेश सभाको बैठक अझै सुरु हुन सकेको छैन ।
बैठक स्थगित भएपछि ‘केही तथ्यांक लिएर आउँछु’ भन्दै मुख्यमन्त्री हिक्मत कार्कीसहित मन्त्रीहरू प्रदेश सभा सचिवालयबाट निस्किएपछि बैठक नै अनिश्चित बनेको हो ।
प्रदेशसभाको आजकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ । प्रदेशसभाको आजको बैठकमा बोल्दै काँग्रेस, माओवादी र नेकपा समाजवादीले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन्।
एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए। १ जना सांसद मात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ ।