Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओलीले भने - कांग्रेससँग नयाँ सरकार गठनबारे कुरा भएको छैन

भरतपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार निर्माणका विषयमा कुनै कुरा नभएको स्पष्ट पारेका छन् ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग उनले सरकार गठनबारे कांग्रेससँग कुनै कुरा नभएको स्पष्ट पारेका हुन् ।

कांग्रेससँग मैले प्रस्ताव नगरेको र कांग्रेसले पनि आफुलाई प्रस्ताव नगरेको उनले बताए ।

पार्टीका दोस्रो तहका नेतामार्फत कुराकानी गरिएको भन्ने विषय पनि आफूलाई जानकारी नभएको उनले बताए ।

‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन। तपाईं (पत्रकार) मार्फत जानकारी पाइरहेका छौँ,’ अध्यक्ष ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077