Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बलात्कार आरोपित वडाध्यक्ष पुर्पक्षका लागि जेल चलान

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदनसिंह धामी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

बलात्कारको आरोपमा उनलाई दार्चुला जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि थुनामा पठाइएको हो ।

गाउँकै एक महिलालाई जबरजस्ती करणी गरेको घटना सार्वजनिक भएपछि वडा अध्यक्ष धामी माघ महिनादेखि फरार थिए ।

उनलाई गत जेठ २४ गते जिल्ला सदरमुकाम खलंगाबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077