Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अन्ततः शुक्रबारसम्मका लागि स्थगित भयो कोशी प्रदेशसभा बैठक

विराटनगर । कोशी प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।

दलहरूबीच सहमति नभएपछि सभामुख बाबुराम गौतमले ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागिसकेपछि दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए । त्यसपछि सभामुख बाबुराम गौतमले साँझ ५ः२० बजेबाट बैठक स्थगित गरे। अर्को सूचना जारी गरेर राति ८ बजेसम्मका लागि स्थगित गरिएको थियो ।

तर ‘केही तथ्यांक लिएर आउँछु’ भन्दै प्रदेश सभा सचिवालयबाट निस्किएका मुख्यमन्त्री कार्की नफर्किएपछि बैठक स्थगित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077