Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सुर्खेतमा फोर्स गाडी दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

    सुर्खेतमा फोर्स गाडी दुर्घटना : एक जनाको मृत्यु, १४ घाइते

    अनलाइन नेपाल
  • बिहिबार, १४ असार २०८०
  • 903
    SHARES

    सुर्खेत । सुर्खेतमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय फहित अन्सारी रहेका छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।



    घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ । गाडी तीव्रगतिका कारण अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।



    फोर्सले सडकमा राखिएको किलोमिटर संकेत दिने पिल्लर नै भत्काएर २० मिटर पर पुगेर सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार