Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पोखरामा ६ प्रदेशका मुख्यमन्त्रीको भेला सुरु, कोशीका मुख्यमन्त्री सहभागी नहुने

पोखरा । गण्डकी प्रदेश सरकारको निमन्त्रणामा अन्तरप्रदेश बैठकमा सहभागी हुन ६ वटै प्रदेशका मुख्यमन्त्री पोखरामा भेला भएका छन् ।

बैठकलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्न कार्यक्रमस्थलमा उपस्थित भइसकेका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भने विश्वासको मत लिने प्रक्रियामा रहेकाले बैठकमा सहभागी भएका छैनन् ।

शुक्रबार र शनिबार हुन लागेको मुख्यमन्त्रीहरूको भेलामा प्रदेशका अधिकार, एकीकृत विकासका बारेमा छलफल हुनेछ त्यस्तै, भेलामा अन्तरप्रदेशको सिकाई आदान प्रदान हुने र संघीयता कार्यान्वयनमा साझा धारणा सार्वजनिक गरिने बताइएको छ ।

यो भेला यसअघि गत जेठ १० गते गर्ने गर्न लागिएको थियो। तर प्रधानमन्त्री प्रचण्डले व्यस्त भएको बताएपछि रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077