Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बहुमत जुटाएर कोशीमा ५ दलीय गठबन्धनले नयाँ सरकार गठन गर्ने तयारी

विराटनगर । मुख्यमन्त्री हिक्मत कार्कीले नेतृत्वको कोशी प्रदेश सरकार ढलेसँगै प्रदेशमा ५ दलीय गठबन्धले आफ्नो तर्फबाट मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी गरेको छ ।

अब प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गर्ने छन् । योसँगै बहुमत पुर्याएर ५ दलीय गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने गठबन्धनका नेताहरुको भनाइ छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ प्रदेशसभा सदस्य आवश्यक गर्छ । माओवादी केन्द्रबाट निर्वाचित सभामुख बाबुराम गौतमलाई छोडेर हेर्दा गठबन्धनसँग जम्मा ४६ प्रदेशसभा सदस्य छ ।

कांग्रेसका २९, माओवादी केन्द्रका १२ (सभामुख बाहेक), एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभाको सबभन्दा ठूलो दल एमालेसँग ४० सिट छ भने राप्रपासँग ६ प्रदेशसभा सदस्य छन् ।

गठबन्धनमा सरकारको नेतृत्वबारे सहमति नजुटेपनि माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।

एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने प्रदेशको मुख्यमन्त्रीमा दाबी नगर्ने बताएका छन् । आज भएको विश्वासको मत विभाजनका क्रममा कार्कीले प्रस्ताव गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमा आवश्यक मत ४७ मत खसेपछि कार्की सरकार ढलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077