Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साथिलाई लागूऔषध लिएर कारागारमा भेट्न पुगेका युवक प्रहरी फन्दामा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका-१ मा रहेको कारागारमा रहेका साथिलाई लागूऔषध लिएर भेट्न पुगेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटीको बोगटान नगरपालिका ६ भई हाल धनगढी उपमहानगर पालीका ३ चटकपुर बस्ने २५ बर्षीय भिम बोगटी रहेका छन् ।

बोगटी जबरजस्ती करणी मुद्धामा कैद भुक्ता गरीरहेका करन बमलाई भेट्न गएका थिए ।

बोगटीलाई चेकजाच गर्ने क्रममा स्याम्पुको डिव्बा भित्र लुकाई छिपाई ल्याएको १३ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बोगटीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077