Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशीमा सरकार बनाउने गृहकार्यमा जुट्यो सत्ता गठबन्धन, राप्रपालाई साथमा लिने तयारी

काठमाडौं । कोशी प्रदेशमा सत्ता गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने गृहकार्य सुरु गरेको छ ।

एमाले नेतृत्वको सरकार शुक्रबार ढलेपछि सत्ता गठबन्धनले सरकार बनाउन राप्रपासँग वार्ता गर्ने तयारी गरेको हो ।

प्रदेशसभामा ४० सिट भएको एमाले र ६ सिट भएको राप्रपासँगको गठबन्धनमा सरकार बनाउन एक सिट भएको जसपा निर्णायक मानिएको छ ।

कांग्रेस २९, माओवादी १३ सिट र एकीकृत समाजवादी ४ सिटको गठबन्धनमा सरकार बनाउन राप्रपाको साथ लिनुपर्ने छ ।

जबकि सरकार बनाउन ४७ सिट आवश्यक पर्छ । मुख्यमन्त्री कार्कीले प्रदेशसभामा शुक्रबार विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । २०७९ मंसिरमा भएको प्रदेशसभा चुनावपछि पुस २४ मा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077