Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्समा किशोरको हत्यापछि देशभर हिंसात्मक प्रदर्शन चर्कियो

एजेन्सी । फ्रान्सको राजधानी पेरिसको उपनगरमा गएको मंगलबार एक १७ वर्षीय किशोर नाहिल एमको हत्यापछि हिंसात्मक प्रदर्शन चर्किएको छ ।

नाहेल एमलाई मंगलबार बिहान पेरिस उपनगरमा एक प्रहरीले ट्राफिक नियम उल्लंघन गरेको आरोपमा गोली हानी हत्या गरेपछि हिंसा भड्कीएको हो ।

हिंसात्मक प्रदर्शनका क्रममा पेरिस, लिल, लियोंन, दिजोँ, नतेयर, मासेई, क्लामालगायतका सहरमा सयौँ गाडी र भवन जलाइएको छ । प्रदर्शनका क्रममा २ सय ४० जना प्रहरी घाइते भएका छन् ।

अहिलेसम्म ८ सय ७५ जना भन्दा धेरै व्यक्ति पक्राउ परेका गृहमन्त्री जेरार्ड डार्मानिनलेबताए । हिंसाको तेस्रो दिन एकै रातमा ६ सय ६७ जना पक्राउ परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077