Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तिनाउ नदीमा जलसतहले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं । तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार बाढी बढ्ने क्रममा रहेको छ । तिनाउ जलाधारमा थप वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने अनुमान छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

यस्तै आज गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077