Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

लेदोसहितको पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध

दमौली । पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनमा शनिवार वर्षाका कारण पहिरो खसेको हो।

पहिरोले बाटो बन्द भएपछि एम्बुलेन्ससहितका सवारी साधनहरु बाटोमै रोकिएका छन् ।

लामो तथा छोटा दुरीका सवारी साधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। लेदोसहितको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077