Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको पहिलो बैठक बस्दै

काठमाडौं । समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने जनाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चामा आबद्ध कतिपय दलहरुबीच पनि एकताको प्रयास भइरहेको बताए ।

मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ । शनिबार बिहान पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई सार्थक बनाउने बताए ।

माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने बताउँदै उनले एक हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए । विशेष महाधिवेशन गरेर माओवादीलाई पुनर्निर्माणमा गर्ने तयारीमा रहेको प्रचण्डको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077