Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदै

काठमाडौं । भारतको बेंगलुरुमा जारी साफ च्याम्पियनसिप २०२३ को सेमिफाइनल खेल आज हुँदैछ ।

लेबनान र कुवेत पहिलो सहभागितामै सेमिफाइनल पुगेका छन् भने घरेलु टोली भारतसहित बंगलादेशले पनि सेमिफाइनल खेल्दैछ ।

पहिलो सेमिफाइनल कुवेत र बंगलादेश तथा दोस्रो सेमिफाइनल भारत र लेबनानबीच हुनेछ । बेंग्लोस्थित श्री कान्तिरावमा कुवेत र बंगलादेशबीच खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ भने भारत र लेबनाको खेल राति पौने ८ बजे सुरु हुनेछ ।

आमन्त्रित टिमको रुपमा पहिलो पटक साफ खेलिरहेका कुवेत र लेबनान आ-आफ्नो समूहको विजेता बन्दै सेमिफाइनल पुगेका हुन् । बंगलादेश समूह बी उपविजेता बन्दै १४ वर्षपछि सेमिफाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077