Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

फ्रान्समा जारी हिंसाबीच राष्ट्रपतिको जर्मनी भ्रमण स्थगित

एजेन्सी । एक किशोरलाई प्रहरीले गोली हानेर हत्या गरेपछि फ्रान्समा चर्किएको विरोध प्रदर्शनपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आफ्नो जर्मनीको लागि तय भएको भ्रमण स्थगित गर्ने निर्णय गरेका छन् ।

जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमियरका प्रवक्ताले राष्ट्रपति म्याक्रोंले जर्मनीको राजकीय भ्रमण अर्को मितिमा सार्न आग्रह गरेको पुष्टि गरेका छन्।

स्टेनमियरको कार्यालयका अनुसार म्याक्रोंले शनिबार जर्मन समकक्षीसँग टेलिफोन वार्ताका क्रममा आफ्नो भ्रमण स्थगन गर्न आग्रह गरेका हुन्।

स्टेनमियरले भने, ‘जर्मनी भ्रमण रद्द गर्नुपरेकोमा दुःखी छ साथै छिमेकी देशको स्थितिलाई ध्यानमा राख्दै यस बिषयप्रति पूर्ण समझदार पनि छ।’ जर्मनीका राष्ट्रपतिको कार्यालयले जतिसक्दो चाँडो हुनेगरि भ्रमणको मिति तय गरिने जनाएको छ।

म्याक्रों आइतबार जर्मनी पुग्ने र सोमबार लुडविग्सबर्ग, बर्लिन र ड्रेसडेन शहरको भ्रमण गर्ने कार्यक्रम थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077