Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ च्याम्पियनसिप उपाधिका लागि भारत र कुवेत भिड्ने

काठमाडौं । भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार राति भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई पराजित गर्दै भारतले फाइनलमा कुवेतसँगको भेट पक्का गरेको हो ।

भारतले पेनाल्टी सुटआउटमा लेवनानलाई ४–२ गोल अन्तरले पराजित गर्यो । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो।

८ पटकको साफ च्याम्पियन भारतले मंगलबार उपाधिका लागि कुवेतसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077