Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फ्रान्समा प्रहरीको गोलीले मारिएका किशोरको पाँच दिनपछि अन्तिम संस्कार

एजेन्सी । फ्रान्सेली सहर नान्तेरेमा प्रहरी अधिकारीले गोली हानेका १७ वर्षीय किशोर नाहेलको अन्तिम संस्कार गरिएको छ ।

नाहेलको अन्त्येष्टिमा ठुलो सङ्ख्यामा युवाहरूको सहभागिता थियो । मिडिया रिपोर्टका अनुसार सयौँ युवाहरूको समूह मस्जिदबाट चिहानमा गएका थिए ।

यस अवधिमा मानिसहरूले ‘जस्टिस फर नाहेल’ छापिएको शर्ट लगाएका थिए। गत जुन २७ मा अल्जेरियन मूलका १७ वर्षीय नाहेललाई पेरिसको उपनगर नान्तेरेमा एक प्रहरी अधिकारीले गोली हानेर हत्या गरेका थिए ।

नाहेलको हत्यापछि फ्रान्सभर विरोध प्रदर्शन र दङ्गा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077