Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

    धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा

    अनलाइन नेपाल
  • आइतबार, १७ असार २०८०
  • 10.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । छत्तीसगढको बालोदमा धेरै बच्चा जन्माउने प्रहरी हवल्दार निलम्बनमा परेका छन् । चौँथो सन्तान पाउन लागेको बेला पीता प्रह्लाद सिंहलाई निलम्बन गरिएको हो ।

    राष्ट्रिय जनसङ्ख्या नीति र छत्तीसगढ निजामती सेवा आचरण, १९६५ को नियम ३ (१) को उल्लङ्घनका कारण हवल्दारलाई निलम्बन गरिएको हो ।



    यस अन्तर्गत २६ जनवरी २००१ वाट दुईभन्दा बढी सन्तान जन्मेमा सरकारी सेवाका लागि अयोग्य ठहरिने भएकाले हवल्दार प्रह्लाद सिंहलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ । प्रहरी हवल्दारका तीन छोरी छन् भने छोराको चाहनामा चौँथो सन्तान पाउन लागेका छन् ।



    हवल्दारले आफ्नी श्रीमतीको सुत्केरी भएको भन्दै ८ दिन बिदा मागेका थिए । परिवारका सदस्यको संख्या सार्वजनिक हुने बित्तिकै नयाँ जनसङ्ख्या ऐनअनुसार उनलाई निलम्बन गरिएको छत्तिसगढ प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार