Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • छत्तीसगढमा प्रहरी र माओवादीबीच भिडन्त, बरिष्ठ नेतासहित पाँच जनाको मृत्यु

    छत्तीसगढमा प्रहरी र माओवादीबीच भिडन्त, बरिष्ठ नेतासहित पाँच जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । भारतको छत्तीसगढमा मंगलबार भएको छुट्टाछुट्टै भिडन्तका घटनामा पाँच माओवादी मारिएका छन् । स्थानीय प्रहरीका अनुसार मुठभेडमा तेलंगानाका एक शीर्ष माओवादी नेता समेत रहेका छन् ।

    बीबीसीका अनुसार उक्त क्षेत्रमा माओवादीहरूविरुद्धको संयुक्त अभियान निरन्तर चलिरहेको छ । आज पनि यस्तै अपरेशनमा दुईवटा भिडन्तका घटना भएका थिए। जसमा अहिलेसम्म पाँच माओवादीको शव फेला परेको उल्लेख छ।



    रिपोर्टका अनुसार तेलंगाना राज्य कमिटीका वरिष्ठ माओवादी नेता सुधाकर र वेंकटपुरमसहित करिब ४०-५० हतियारधारी माओवादीको उपस्थिति तेलंगानाको सीमावर्ती क्षेत्र पेरुर, इल्मिदी र उसूर प्रहरी चौकी अन्तर्गतको पहाडी क्षेत्रमा भएको बताइएको छ ।



    यस भिडन्तमा ग्रेहाउन्ड स्क्वाडका एक जवान पनि गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि वारंगल अस्पतालमा भर्ना गरिएको छ।

    प्रहरीका अनुसार दोस्रो भिडन्त दन्तेवाडा र सुकमा जिल्लाको सीमावर्ती क्षेत्र मर्जुम र प्रतापगिरीको जंगलमा भएको हो । यस भिडन्तमा एक संदिग्ध महिला माओवादी मारिएको प्रहरीले दावी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार