Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बीबीसीको दिल्ली कार्यालयमा राजस्व कार्यालयको छापा

    बीबीसीको दिल्ली कार्यालयमा राजस्व कार्यालयको छापा

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 441
    SHARES

    एजेन्सी । भारतको आन्तरिक राजस्व कार्यालयले ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी)को दिल्लीस्थित कार्यालयमा छापा हानेको छ ।

    बीबीसीको दिल्ली र मुम्बई कार्यालयमा आयकर विभाग पुगेको बताइएको छ । कर्मचारीको फोन जफत गरेर उनीहरुलाई कार्यालय छोडेर घर जान भनिएको जानकारी दिएको छ ।



    यद्यपि, हालसम्म आयकर विभागको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन ।



    केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो । उक्त वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो ।

    मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार