Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना

    बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी रुक्साना

    अनलाइन नेपाल
  • मंगलबार, ५ मंसिर २०८०
  • 861
    SHARES

    काठमाडौं । बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली समेटिएकी छन् ।

    बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छन् ।



    कानूनकी विद्यार्थी रुक्सानाले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी छन् ।



    १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार