Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • भारतको छत्तीसगढमा माओवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    भारतको छत्तीसगढमा माओवादीद्वारा २२ सुरक्षाकर्मीको हत्या

    अनलाइन नेपाल
  • आइतबार, २२ चैत्र २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। भारतमा माओवादीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

    भारतको छत्तीसगढ प्रदेश अन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहरुले जानकारी दिएका छन् ।



    ‘छत्तीसगढको सुक्मा—विजपुरमा नक्सल विद्रोहीहरुको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भने । घटनामा परी अरु ३१ जना घाइते पनि भएको उनले जानकारी दिए ।



    छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरु खतरामुक्त रहेको बताए ।

    उनले अरु २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरुको खोजी भइरहेको पनि पत्रकारहरुलाई जानकारी दिए ।

    केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताए। रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार